समाज


प्रधानमन्त्रीका श्रीमानलाई थप उपचारका लागि भारत लैजाने तयारी

प्रधानमन्त्रीका श्रीमानलाई थप उपचारका लागि भारत लैजाने तयारी

नेपालखबर
पुस २०, २०८२ आइतबार १७:१४, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदीलाई थप  उपचारका लागि भारत लैजाने तयारी गरिएको छ। 

पिसावको संक्रमण  देखिएपछि बिहीबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनलाई थप उपचारकालागि भारत लैजाने तयारी गरिएको हो।

उपचारकालागि भारत लैजाने भन्दै उनलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।  

‘अस्पतालबाट आज डिस्चार्ज दिइएको छ। क्याविनमा राखेर ४ दिनदेखि उपचार गरिएको थियो,’ अस्पताल स्रोतले जनायो।  

उनलाई पिसावमा  संक्रमण, रिगांटा लाग्ने, पेटमा समस्या देखिएको अस्पतालले जनाएको छ।  

सिटी, एमआरआइमा गर्दा कुनै समस्या देखिएको नदेखिएको अस्पतालले जनाएको छ। 

‘कुनै समस्या नदेखिए पनि किन समस्या देखिएको भनेर उहाँहरू ‘सेकेन्ड अपिनियन’ लिन भारत लैजाने भन्नु भएको छ,’ अस्पताल स्रोतले भन्यो। 

सुवेदीलाई यस अघि प्रोस्टेटको समस्या देखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad