आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि बेलायत लैजाने भन्दै पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगर–१५ का ३४ वर्षीय विजय गुरुङ रहेका छन्।
उनले यूके लैजाने भन्दै रकम लिएर लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ।
पीडितले दिएको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
75
Shares

प्रतिक्रिया