समाज


‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेपछि बेलायती दूतावासले गर्‍यो यस्तो आग्रह

‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेपछि बेलायती दूतावासले गर्‍यो यस्तो आग्रह

नेपालखबर
पुस २१, २०८२ सोमबार ७:४, काठमाडौँ

बेलायतमा वर्क परमिट दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

दूतावासले विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरू ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो।

ठगीमा परेको गुनासो गर्नेहरूमा नेपालबाट बेलायत आउन चाहनेहरूको सङ्ख्या धेरै रहेको दूतावासले जनाएको छ।

कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ।

‘ठगी गर्नेहरू कतिपय नेपालीमूलका व्यक्तिहरू नै रहेको बुझिएको छ भने चिने जानेकै नेपालीहरूमार्फत तेस्रो मुलुकका व्यक्तिहरूसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरूको गुनासो पनि आएको छ’, विज्ञप्तिमा उल्लेख छ।

यस्ता अपराधहरू नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरू तथा बेलायतमा रहेका स्थानीय प्रहरी एवं नेशनल एण्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न समेत दूतावासको सुझाव छ।

बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितको न्यायको लागि सहजीकरण गर्न दूतावास तयार रहेको बताए।

समस्यामा परेका नेपालीलाई दूतावासको इमेल वा ४४–७४०४९३९२७४ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad