समाज


गोँगबुको होटलबाट खैरो हेरोइनसहित युवक र युवती पक्राउ

झापा, दाङ, सुनसरी, मोरङ, रुपन्देही, सिराहा र कैलालीबाट समातिए अरु २३ जना
गोँगबुको होटलबाट खैरो हेरोइनसहित युवक र युवती पक्राउ

नेपालखबर
पुस २२, २०८२ मंगलबार १३:१०, काठमाडौँ

विभिन्न जिल्लाबाट लागु औषधसहित २५ जना पक्राउ परेका छन्। 

काठमाडौँ, झापा, दाङ, सुनसरी, मोरङ, रुपन्देही, सिराहा, कैलालीसहितका जिल्लाबाट लागु औषधसहित २५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

काठमाडौँको गोंगबुस्थित दीप सागर होटलबाट खैरो हेरोइनसहित गएराति दुईजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा पक्राउ पर्नेहरूमा काठमाडौं चाबहिल बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-११ घर भएका २६ वर्षीय महेन्द्र तामाङ र काठमाडौं टोखा नगरपालिका-९ दिपज्योती बस्ने बागलुङ ढोरपाटन नगरपालिका घर भएकी २२ वर्षीया निरूता अदेही मगर
रहेकी छन्। 

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले होटलको ५१५ नम्बरको कोठा तलासी गर्दा लागू पदार्थ फेला परेको हो।  

त्यसैगरि झापा, दाङ, सुनसरी, मोरङ, रुपन्देही, सिराहा, कैलालीसहितका जिल्लाबाट थप २३ जनालाई पनि लागु पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad