उदयपुरको त्रियुगा नगरपालिका–१ स्थित श्री जागृति महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
जागृति महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मिना कुमारी चौधरी, सचिव जानकी कुमारी चौधरी र कोषाध्यक्ष निलम चौधरी थारू तथा दर्तावाल लेखापरीक्षक तनुक लाल चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन उपभोक्ता समितिका पदाधिकारीहरूले ५ लाख १५ हजार ३०२ रुपैयाँ ५८ पैसा हिनामिना गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरिएको जनाएको छ।
वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष, सचिव र कोषाध्यक्ष सहित लेखापरीक्षकको मिलेमतोमा बदनीयतपूर्वक जागृति महिला सामुदायिक वन उपभोक्ता समूहको भवन निर्माण लगायतका कार्यमा उपभोक्ता समूहको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अख्तियारको दाबी छ।
Shares

प्रतिक्रिया