काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने चारमध्ये तीन जनाको पहिचान खुलेको छ। दुर्घटनामा २२ जना घाइते भएका प्रहरीले जनाएको छ।
ज्यान गुमाउनेमध्ये बाँकेको कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसी कोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको पहिचान खुलेको हो।
मृतक एकजनाको अझै सनाखत हुन बाँकी रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
घाइते २२ जनाको उपचार भइरहेको छ।
मंगलबार साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवा वनभोज गएर साँखुतर्फ फर्कँदै गरेको बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।
Shares

प्रतिक्रिया