समाज


सुनसरी पुग्यो शसस्त्र प्रहरीको झण्डा मार्चपास

सुनसरी पुग्यो शसस्त्र प्रहरीको झण्डा मार्चपास

नेपालखबर
पुस २४, २०८२ बिहिबार १६:९, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालको झण्डा मार्चपास सुनसरी पुगेको छ। 

सशस्त्र प्रहरी बल नेपालको पूर्वी टोलीले झापाको काँकडभिट्टाबाट थालेको झण्डा मार्चपास मोरङ हुँदै सुनसरी पुगेको हो। मोरङको सीमानाका हुँदै बिहीवार बिहान सीमा इलाका केशल्या पुल पुगेको मार्चपास टोलीले सुनसरीलाई झण्डा हस्तान्तरण गरेको छ। 

मोरङ, सुनसरी सीमा इलाका बर्जु ३ अमडुवाको केशल्या खोला पुलमा नम्बर ३ गण हेड क्वाटर कंकालिनी मोरङले नम्बर ४ गण हेड क्वाटर सुनसरीलाई झण्डा हस्तान्तरण गरेको छ। नम्बर ३ गण मोरङका एसपी राजेश घिमिरेले हस्तान्तरण गरेका झण्डा नम्बर ४ गण सुनसरीका एसपी ज्ञानमणि पौडेलले बुझेका थिए। 

झण्डा बुझेपश्चात नम्बर ४ गण हेड क्वाटर सुनसरीले सीमानाका केन्द्रित मार्चपासलाई अघि बढाएको छ। सुनसरीको ६२ दशमलन ९ किलोकिलोमिटर सीमा क्षेत्रको मार्चपास पश्चात भोलि साँझ कोशी ब्यारेजमा प्रदेश टोली बिच झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपालले संगठनको २५ औं रजत महोत्सवको अवसरमा देशव्यापी झण्डा मार्चपास गरिरहेको छ।

राष्ट्रिय झण्डा र संगठनको झण्डा बोकी थालिएको देशव्यापी मार्चपासकाकालागि सशस्त्र प्रहरीले पूर्व र पश्चिम गरी दुई मार्चपास टोली परिचालन गरेको छ। पूर्वी टोलीले झापाको काँकडभिट्टा र पश्चिम टोलीले कञ्चनपुरको गड्डाचौकीबाट झण्डा मार्चपास थालेको थियो। दुवै टोलीको मिलन बिन्दु भने पर्साको ठोरी कायम गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad