रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बिहीबार दिउँसो लु ६१ प ५८७८ नम्बरको मोटरसाइकल र लु ६८ प ५२३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा लु ६८ प ५२३६ नम्बरको मोटरसाइकलका चालक सैनामैना नगरपालिका- १, सादभोद्रका २८ वर्षीय जीवन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई चौराहा अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, दुर्घटनामा लु ६१ प ५८७८ नम्बरको मोटरसाइकलमा सवार दुई जना र लु ६८ प ५२३६ नम्बरको मोटरसाइकलमा सवार एक जनाको घाइते भएका छन्। तीनै जनाको चौराहा अस्पतालमा उपचार भइरहेको छ।
Shares

प्रतिक्रिया