तनहुँको आबुखैरेनी गाउँपालिका-५ द्धोन्द्राङ बेसी नजिकै त्रिशुली नदीको किनारमा पुरिएको अवस्थामा देखिएको गाडी उत्खनन जारी रहेको छ।
सशस्त्र प्रहरीको टोलीले मंगलबार बिहानदेखि उत्खनन सुरु गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। पुस २७ गते बिहान सिमलतालबाट केही तल त्रिशुली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गाडीको पाटपूर्जा देखिएको खबर आएको थियो।
त्यसपछि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानुबाट सुरक्षाकर्मी खटिएका थिए। नदीको किनारमा पार्टपूर्जा देखिएको गाडी २०८१ असार २८ गते बिहान चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित त्रिशुली नदीमा पहिरोले पुरेर हराएको हुन सक्ने आकलन गरिएको छ।
बीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको बस पहिराले पुरी त्रिशुली नदीमा हराएको थियो।
Shares

प्रतिक्रिया