सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।
लुटिएको रकम बरामद भए पनि लुटेरा भने फरार भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
चार–पाँच जनाको संख्यामा रहेका लुटेराले मंगलबार साँझ बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर नियन्त्रणमा लिएपछि रकम लुटपाट गरेका थिए।
सुरक्षागार्ड रुद्र कार्कीसहितलाई लुटेराले कुटपिट गरेका हुन्।
लुटेराहरु सवार गाडी र त्यसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
438
Shares

प्रतिक्रिया