समाज


माघ लागेयता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम निरन्तर उकालो

माघ लागेयता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम निरन्तर उकालो

नेपालखबर
माघ ३, २०८२ शनिबार ६:२८, काठमाडौँ

माघ लागेयता काठमाडौँ उपत्यकाको न्यूनतम निरन्तर उकालो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (माघ ३ गते) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस देखिएको हो। हिजो (माघ २ गते) यो समय काठमाडौँको न्यूनतम तापक्रम ४.४ थियो। तर पछि बिहान ८:४५ बजे घटेर ४ डिग्री सेल्सियस कायम भएको थियो। 

आजको पनि आधिकारिक न्यूनतम तापक्रम त्यही समयमा पुन: मापन गरिनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम काठमाडौँको न्यूनतम तापक्रम अघि बिहान ५:४५ बजेको भन्दा थोरै घट्ने सम्भावना हुन्छ। 

गत पुस ३० गते (बुधबार) २.३ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम माघ १ गते ३.६ डिग्री सेल्सियसमा उक्लिएको थियो। त्यसयता निरन्तर बढिरहेको छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो। 

शुक्रबार यस्तो थियो तापक्रम सूची-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad