कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।
शुभकालिका गाउँपालिका-४ कुडीबाट शुक्रबार भे.१. च २८९८ नम्बरको जिप तिला नदीमा खसेको हो।
हुल्मबाट शुभकालिका-४ जाँदै गरेको बोलेरो जिप सेरीपान्तडी भित्री सडकखण्डको कुडीबाट तिला नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
सडकबाट खसेको जिप झण्डै ५०० मिटर तल तिला नदीमा पुगेको प्रत्यक्षदर्शीले बताएका छन्।
मृत्यु हुने तीन पुरुषको शव नदीबाट निकाले पनि सनाखत हुन बाँकी छ। बेपत्ता हुनेको परिचय पनि खुलेको छैन।
114
Shares

प्रतिक्रिया