काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (सोमबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ।
माघ लागेयता बिस्तारै चिसो घट्दो र तापक्रम बढ्दो छ।
हिजो (आइतबार) काठमाडौँको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस थियो। सुरुवाती मापनमा भने ४.७ डिग्री सेल्सियस थियो।
आजको पनि आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८:४५ बजे पुन: मापन गरिनेछ। त्यतिबेला काठमाडौँ न्यूनतम तापक्रम सुरुवाती मापनमा भन्दा थोरै घट्ने सम्भावना हुन्छ।
पुस ३० गते २.३ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम माघ १ देखि बढ्दै बढ्दै गएको हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
आइतबार यस्तो थियो तापक्रम सूची-

Shares

प्रतिक्रिया