फागुन २१ गतेको निर्वाचन नजिकिएपछि दुवै प्रहरीले व्यापक जिम्मेवारी हेरफेर गरेका छन्।
प्रदेश र जिल्लाका इन्चार्जहरु हेरफेर गरिएको छ। नेपाल प्रहरीका ८ जना डीआईजी सरुवा भएका छन्। सशस्त्र प्रहरीले पनि ६ जना डीआईजीलाई सरुवा गरेको छ। जसमा कोसी प्रदेशको बराह बाहिनीका बाहिनीपति फेरिएका छन्।
त्यहाँ कार्यरत कुमार न्यौपानेलाई मानवस्रोत विभागमा सरुवा गर्दै सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी मनीष थापालाई जिम्मेवारी दिइएको छ। थापा सशस्त्रको प्रवक्ता समेत थिए।
यस्तै लक्ष्मणबहादुर सिंह राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, प्रदीपकुमार पाल कार्य विभाग, पुरुषोत्तम थापा प्रशिक्षण प्रतिष्ठान र विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन्। अब प्रवक्ताको जिम्मेवारी भट्टले पाउनेछन्।
Shares

प्रतिक्रिया