आज शुक्रबार सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लो दिनको तुलनामा झन्डै २ डिग्री सेल्सियस बढेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियसमा उक्लिएको हो।
हिजो (बिहीबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ४.० डिग्री सेल्सियस थियो। यद्यपि पछि बिहान ८:४५ बजे ३.५ डिग्री सेल्सियसमा झरेको थियो।
आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले त्यही समयमा मापन गरिनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम केही घट्ने सम्भावना हुन्छ।
सबैभन्दा तल झरेको तापक्रम नै सम्बन्धित दिनको न्यूनतम तापक्रम हो।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ, आकाश सफा रह्यो भने घट्छ।
324
Shares

प्रतिक्रिया