समाज


पाँच डिग्री सेल्सियसभन्दा माथि उक्लियो काठमाडौँको न्यूनतम तापक्रम

पाँच डिग्री सेल्सियसभन्दा माथि उक्लियो काठमाडौँको न्यूनतम तापक्रम

हालै खिचिएको काठमाडौँको स्वयम्भू क्षेत्रको तस्बिर


नेपालखबर
माघ ९, २०८२ शुक्रबार ९:३५, काठमाडौँ

आज (शुक्रबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको हो। 

हिजो (बिहीबार) काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो। यस हिसाबले आज काठमाडौँमा न्यूनतम तापक्रम हिजोभन्दा झन्डै २ डिग्री सेल्सियस बढेको हो। 

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ, आकाश सफा रह्यो भने घट्छ। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

हेर्नुहोस् तलको सूचीमा अन्य स्थानको पनि तापक्रम

नोट : यस सूचीमा न्यूनतम तापक्रम मात्र आजका हुन्। अधिकतम तापक्रम हिजोकै हुन्। किनभनेर आजको अधिकतम तापक्रम साँझ ५:४५ बजे मात्र मापन हुनेछ।  

यो पनि : आज यी प्रदेशमा चट्याङसहित वर्षा तथा हिमपात हुने आकलन, जनजीवनमा पर्न सक्छ असर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad