रौतहटमा दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।
शुक्रबरा दिउँसो रौतहटको राजदेवी नगरपालिका-१, पथार स्कूल नजिक दुर्घटना भएको हो। विपरित दिशाबाट आइरहेका बीआर ३० एएफ २३७० नम्बरको र प्र. २-०३-०१८ प ३३४६ नम्बरको मोटरसाइकल एक-आसपमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ।
दुर्घटनामा बीएआर ३० एएफ २३५० नम्बरको मोटरसाइकलका चालक राजदेवी नगरपालिका-२ हजमिनियाका २९ वर्षीय अरविन्द्य महतो र अर्को मोटरसाइकलका चालक दुर्गा भगवती गाउँपालिका-२ पिपरा बजारका ३० वर्षीय अशोक महतो घाइते भएका थिए।
दुवै जनाको प्रादेशिक अस्पताल, गौरमा उचपारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
114
Shares

प्रतिक्रिया