काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले नेपालखबरलई दिएको जानकारीअनुसार आज (शनिबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको छ।
यद्यपि यो सुरुवाती मापन हो। आजको आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८:४५ बजे पुन: मापन गरिनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम सुरुवातको भन्दा केही घट्ने सम्भावना हुन्छ।
हिजो (शुक्रबार) पनि सुरुवाती मापनमा ५.७ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम आधिकारिक मापनका बेला ५.२ डिग्री सेल्सियसमा झरेको थियो।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
शुक्रबार यस्तो थियो देशभरको तापक्रम विवरण

Shares

प्रतिक्रिया