बारा, सुनसरी र दाङमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। अरु चारजना घाइते भएका छन्।
सुनसरीको इटहरी उपमहानगरपालिका ६ मा बागमती प्रदेश ०१-००४ क ३१८१ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका-४ बस्ने धनकुटा घर भएका ४५ वर्षीय पूर्णप्रसाद राई छन्।
शनिबार राति भएको दुर्घटनामा उनको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका राईको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि दाङको घोराही उपमहानगरपालिका-१७ उखुबारीस्थित सडकमा लु.प्र ०२-००१ ह ०७९४ नम्बरको अटो अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुदाँ अटोमा सवार एक युवतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीया कविता केसी छन्।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका अटोमा सावार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि बाराको प्रसौनी गाउँपालिका-२ दुधौरा पुलस्थित सडकमा म.प्र ०३–००२ ख ४१०२ नम्बरको ट्रकले म.प्र-०३-०२७ प ७८२९ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिँदा २० वर्षीय युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्कुटर चालक बाराकै कलैया उपमहानगरपालिका-३ बस्ने २० वर्षीय आयुष गुप्ता छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अर्का एक जनाको सोही असप्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यी सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Shares

प्रतिक्रिया