समाज


पर्वतारोहणमा ठगी: ‘फेक रेस्क्यू’मा संलग्न ६ जना जना पक्राउ

पर्वतारोहणमा ठगी: ‘फेक रेस्क्यू’मा संलग्न ६ जना जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०८२ सोमबार १४:४७, काठमाडौँ

नेपालको उच्च हिमाली क्षेत्रमा गएका पदयात्रीको रेस्क्यूको नाममा ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ परेको छ। 

पदयात्राको क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकहरूको उद्दार गरेको देखाई बीमा रकम दाबी गरी गैह्रकानूनी रूपमा आर्थिक लाभ प्राप्त गरेको अभियोगमा ६ जनालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ। 

अनुसन्धामा खटिएको प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा माउण्टेन रेस्क्यु सर्भिस प्रालिका अध्यक्ष काठमाडौँ टोखा नगरपालिका-८ धापासी बस्ने चितवन रत्ननगर नगरपालिका-१ घर भएका ४७ वर्षीय जयराम रिमाल, चितवनको राप्ती नगरपालिका-५ घर भएका ३२ वर्षीय विवेक पाण्डे, एभरेष्ट एक्सपेरियन्स एण्ड एसिस्टेन्स प्रालिका अध्यक्ष ललितपुरको गोदावरी नगरपालिका-९ बस्ने ४२ वर्षीय मुक्ति पाण्डे तथा अपरेशन डिपार्टमेन्ट प्रमुख गोदावरी नगरपालिका-९ बस्ने ४६ वर्षीय सुवास केसी छन्। 

त्यसैगरि नेपाल चार्टर सर्भिस प्रालिका अध्यक्ष धादिङ गंगाजमुना गाउँपालिका-५ घर भएका ३९ वर्षीय रबिन्द्र अधिकारी र अपरेशन मेनेजर काठमाडौँ महानगरपालिका-१६ बस्ने ३९ वर्षीय विवेक थपलियालाई पनि पक्राउ गरिएको सीआईबीले जनाएको छ। 

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहर"ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा विमानस्थलमा रहेका अभिलेख विवरण कीर्ते गर्ने गरेको, उद्दार गरिएको भनिएका विदेशी पर्यटकहरूलाई अनिवार्य रूपमा इन्स्योरेन्स पोलिसीमा उल्लेख भएको शर्त बमोजिम काठमाडौँका विभिन्न अस्पतालमा उपचार गरेको देखाई उपचारका बिलसमेतका कागजातहरू तयार गरेर बीमा रकमको झुठ्ठा दाबी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

उनीहरू उपर राष्ट्रहित प्रतिकूल काम गर्न नहुने समेतका कसूरहरूमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad