वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चारजनालाई प्रहरीले काठमाडाैँबाट पक्राउ गरेको छ।
आकर्षक तलबको प्रलोभनमा पारी मोटो रकम ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-३ बस्ने स्याङ्जा चापाकोट नगरपालिका- ९ घर भएका ४४ वर्षीय कृष्ण कुँवर, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका-६ घर भएकी २६ वर्षीया मनिषा अधिकारी, काठमाडौँ महानगरपालिका-२६ बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-६ घर भएका ४८ वर्षीय भक्त प्रसाद मरासिनी र काठमाडौँ नागार्जुन नगरपालिका-९ बस्ने चितवन राप्ती नगरपालिका- ३ घर भएका २७ वर्षीय सरल आचार्य रहेका छन्।
पक्राउ परेकामध्ये कृष्णले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, मनिषाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, भक्त प्रसादले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २५ हजार रूपैयाँ र सरलले
यूएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णलाई काठमाडौँ महानगरपालिका-३ बाट, मनिषालाई काठमाडौँ कागेश्वर मनोहरा नगरपालिका-६ बाट र भक्त प्रसादलाई काठमाडौँ महानगरपालिका-१२ बाट पक्राउ गरेको हो। सरललाई भने काठमाडौF महानगरपालिका-२६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाएको छ।
Shares

प्रतिक्रिया