पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।
नेपाल बुधबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्। रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।
पूर्वप्रधानमन्त्री नेपाललाई त्रिवि शिक्षण अस्पतालको छाती रोग विभागमा भर्ना गरिएको छ। उनको छातीमा संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
उनलाई केही दिनदेखि रुघा, खोकी र ज्वरो आइरहेको थियो। त्यससँगै स्वास फेर्न समस्या हुन थालेपछि अस्पताल गएका थिए।
180
Shares

प्रतिक्रिया