समाज


अछाममा बेहोस भएका बालेनको टोलीका सदस्य दिनेश सिटौलाको अवस्था गम्भीर

अछाममा बेहोस भएका बालेनको टोलीका सदस्य दिनेश सिटौलाको अवस्था गम्भीर

दिनेश सिटौला।


नेपालखबर
माघ १६, २०८२ शुक्रबार १५:४१, काठमाडौँ

चुनावी अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगै सुदूरपश्चिमका क्रममा बेहोस भएका दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। 

शुक्रबार बिहान अछामबाट हेलिकप्टरबाट काठमाडौँ ल्याइएका सिटौलाको टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्। 

अस्पताल स्रोतका अनुसार उनलाई ‘हेमोरेजिक स्ट्रोक’ भएको हो। अहिले उनको आईसीयूमा राखेर उपचार भइरहेको छ। 

रास्वपा वरिष्ठ नेता शाहसँगै ४३ वर्षीय सिटौला पनि कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ पुगेका थिए। शुक्रबार बिहान बझाङबाट अछाम जाँदै गर्दा गाडीबाट ओर्लिने क्रममा लडेर टाउकोमा चोट लागेको थियो। 

उनलाई तत्कालै जिल्ला अस्पताल, अछाम लगिएको थियो। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि हेलिकप्टरबाट काठमाडौँको ग्रान्डी इन्टरनेसनल अस्पताल ल्याइएको थियो।

चिकित्सकले मस्तिष्क र यसलाई ढाक्ने झिल्लीबीचको खाली ठाउँमा रक्तश्राव हुँदा यस किसिमको ‘सफ्ट स्ट्रोक’ भएको बताएका छन्। ग्रान्डी अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। 

प्रारम्भिक जाँचपछि थप उपचारका लागि आईसीयूमा सारिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार, थप स्वास्थ्य जाँच हुन बाँकी छ। 

प्रतिनिधि सभा निर्वाचनको लागि चुनावी अभियानका क्रममा शाहको टोली सुदूरपश्चिम भ्रमण सकेर कर्णालीतर्फ लागेको छ। त्यही टोलीको सदस्यका रुपमा सिटौला पनि सुदूरपश्चिम पुगेका थिए। नुवाकोट घर भएका उनी चलचित्र पत्रकार संघका निर्वतमान अध्यक्ष पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad