समाज


चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

नेपालखबर
माघ १८, २०८२ आइतबार १३:५४, काठमाडौँ

चलचित्र पत्रकार संघ, नेपालका निवर्तमान अध्यक्ष ४५ वर्षीय दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ। 

सिटौलाको आइतबार १२:४५ बजे निधन भएको ग्रान्डी इन्टरनेसनल अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सकीय प्रोटोकलअनुसार, मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ थियो। जसले स्वतः श्वासप्रश्वास नभएको जनाउँछ। र उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौं।’ 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी यात्राका क्रममा सुदूरपश्चिम भ्रमण रहेको वेला माघ १६ गते बिहान अछाममा बेहोस भएका थिए। बेहोस भएर ढलेपछि सिटौलालाई अछाम जिल्ला अस्पताल लगिएको थियो। जिल्ला अस्पतालमा ४५ मिनेट सीपीआर दिइएको थियो। 

मुटुको चाल फर्किएपछि कृत्रिम श्वास दिएर सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको थियो। त्यहाँबाट जहाजमा काठमाडौँमा ल्याइएको थियो। उनी अस्पताल ल्याउँदा बेहोस थिए। 

उनको क्रिटिकल केयर र न्यूरो सर्जरी टिमको टोलीले संयुक्त रुपमा आईसीयूमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ। प्रारम्भिक परीक्षणमा ‘ग्याग रिफ्लेक्स’को उपस्थिति देखिएपछि थप ४८ घण्टा अनुगमनमा राखिएको विज्ञप्तिमा उल्लेख छ।

अस्पतालका अनुसार, आईसीयूमा राख्दा पनि न्यूरोलोलिक अवस्थामा सुधार आएको थिएन। मष्तिष्कको कार्यक्षमतामा पनि कुनै संकेत नदेखिएपछि परिवारलाई जानकारी गराइएको अस्पतालले जनाएको छ। 

सिटौला ‘द सिनेमा टाइम्स अनलाइन’ पोर्टलका सम्पादक र अध्यक्ष हुन्। उनले नेपाल टेलिभिजनमा चलचित्र सम्बन्धी कार्यक्रम चलाएका थिए। 

अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर आज दिउँसो साढे २ देखि ३ बजेसम्म चलचित्र विकास बोर्डमा राखिने चलचित्र पत्रकार संघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad