समाज


यस्तो छ आजको मौसम प्रक्षेपण

यस्तो छ आजको मौसम प्रक्षेपण

नेपालखबर
माघ १९, २०८२ सोमबार ८:१८, काठमाडौँ

यतिबेला (सोमबार बिहान) तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार तराईमा लागिरहेको हुस्सु/कुहिरो दिउँसो तथा राति पनि कायम रहने सम्भावना छ। 

आजका लागि मौसम विभागले जारी गरेको मौसम प्रक्षेपण यस्तो छ:

आज दिउँसो

-देशका तराई भूभागका केही स्थानमा हुस्सु/कुहिरो रहनेछ।

-देशका हिमाली भूभागमा मौसम साधारणतया बदली (आकाशमा बादल) लाग्नेछ र बाँकी स्थानमा मौसम
आंशिक बदली (थौरै बादल) हुनेछ। 

-देशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।

आज राति

-देशका तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ।

-देशका हिमाली भूभागमा मौसम साधारणतया बदली हुनेछ र बाँकी ठाउँमा मौसम आंशिक बदली हुनेछ।

-गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।

यो पनि : बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad