समाज


सर्लाहीमा जसपा अध्यक्षको कार दुर्घटना, २ जना घाइते

सर्लाहीमा जसपा अध्यक्षको कार दुर्घटना, २ जना घाइते

नेपालखबर
माघ १९, २०८२ सोमबार ८:२९, काठमाडौँ

सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष रञ्धिर यादवको कार दुर्घटनामा परेको छ। 

अध्यक्ष यादवका भाइ सुधिर यादवले चलाएको प्र. २-०२-००१ च ०४२३ नम्बरको कार ट्याक्टरमा ठोकिँदा दुईजना घाइते भएका छन्। 

प्रहरीका अनुसार दुर्घटनामा परेको बेला कारमा अध्यक्ष यादव भने सवार थिएनन्। 

दुर्घटनामा कार चालक सुधिर र उनकी आमा ५५ वर्षीया इन्द्रकुमारी यादव घाइते भएका इलाका प्रहरी कार्यालय ईश्वरपुरका इन्सपेक्टर मितेशकुमार सिंहले जानकारी दिए। 

‘ईश्वरपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गबाट बयलबासतर्फ आउने क्रममा सखुबनीमा कार ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको हो,’ इन्सपेक्टर सिंहले भने, ‘घाइते दुवैलाई उपचारको लागि जनकपुर लगिएको छ।’

तीव्र गतिको कार सडक छेउमा आफ्नै साइटमा रोकिराखेको ट्याक्टरमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन्। 

दुर्घटनामा कार क्षतिग्रस्त भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad