काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (मंगलबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस छ।
हिजो (सोमबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस थियो। तर बिहान ८:४५ बजे आधिकारिक मापनमा काठमाडौँको न्यूनतम तापक्रम सोमबार ५.७ डिग्री सेल्सियस कायम भएको थियो।
आज पनि आधिकारिक न्यूनतम तापक्रम अहिले त्यही समय (बिहान ८:४५) मा मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम सुरुवाती मापनमा देखिएभन्दा केही कम हुने सम्भावना हुन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
सोमबार यस्तो थियो देशभरको तापक्रम विवरण

Shares

प्रतिक्रिया