आज (बुधबार) सुरुवाती मापनमा ८ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँको न्यूनतम तापक्रम सुरुमा बिहान ५:४५ बजे र पछि फेरि बिहान ८:४५ बजे मापन गर्ने गरेको छ।
सुरुवातमा काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस देखिए पनि आधिकारिक मापनका बेला ६.० डिग्री सेल्सियस कायम भएको हो।
सबैभन्दा तल झरेको तापक्रम नै सम्बन्धित दिनको न्यूनतम तापक्रम हो।
हिजो (मंगलबार) काठमाडौँको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
हेर्नुहोस् देशका विभिन्न स्थानको तापक्रम (नोट : न्यूनतम आजका हुन् भने अधिकतम हिजोका)

Shares

प्रतिक्रिया