काठमाडौँमा ठूलो परिणाममा सुनचाँदीका गहना चोरी भएको छ।
काठमाडौँ महानगरपालिका-६ बौद्ध टुसाल बस्ने रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका गरगहनाहरू चोरी भएको प्रहरीले जनाएको छ।
घरमा कोही नभएको मौका छोपेर प्रवेश गरेका चोरले मंगलबार दिउँसो गरगहना चोरी गरेका हुन्।
चोरीमा संलग्नहरू हाल फरार छन्। उनीहरूको खोजीसँगै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
1.3k
Shares

प्रतिक्रिया