सिन्धुलीको सुनकोसीमा भएको गाडी दुर्घटनामा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ।
बिहीबार साँझ ६ बजेतिर सुनकोसी गाउँपालिका ५ खहरेस्थित भित्री सडकमा म.प्र.०३-००१ च ८५०० सिङ्गलक्याप बोलेरो दुर्घटनामा परेको थियो।
दुर्घटनामा २१ जना घाइते भएका थिए। घाइतेमध्ये उपचारको क्रममा सुनकोसी गाउँपालिका- ६ घर भएका ३३ वर्षीय रामकृष्ण नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
सुनकोसी-५ खहरेस्थित अमारेबाट कुलपुजाका यात्रु लिएर गाँउखर्कतर्फ जाँदै गरेको बोलेरो दुर्घटनामा परेको हो।
बोलेरो सुनकोशी ५ बस्ने २५ वर्षीय मनोज नेपालीले चलाएका थिए। दुर्घटनामा चालक मनोज पनि घाइते भएका छन्।
159
Shares

प्रतिक्रिया