समाज


अस्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै २ जनाबाट १७ लाख ५० हजार ठगी, काठमाडौँबाट पक्राउ परे यी २ युवक

अस्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै २ जनाबाट १७ लाख ५० हजार ठगी, काठमाडौँबाट पक्राउ परे यी २ युवक

नेपालखबर
माघ २३, २०८२ शुक्रबार १३:७, काठमाडौँ

अस्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै मोटो रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ। 

वैदेशिक रोजगारीको लागि अस्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-३२ बस्ने काभ्रे पाँचखल नगरपालिका-३ घर भएका ३५ वर्षीय रूपेश लामिछाने र तारकेश्वर नगरपालिका-६ बस्ने धादिङ खनियाबास गाउँपालिका-३ घर भएका ३५ वर्षीय हिरा तामाङ रहेका छन्। 

रूपेशले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र हिराले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिएको आरोप छ। 

रकम लिएपछि सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

रूपेशलाई काठमाडौँ महानगरपालिका-३२ बाट र हिरालाई ललितपुर, ललितपुर महानगरपालिका-१२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad