समाज


बैतडीमा गाडी दुर्घटना: घाइते चालकको उपचारको क्रममा मृत्यु

बैतडीमा गाडी दुर्घटना: घाइते चालकको उपचारको क्रममा मृत्यु

नेपालखबर
माघ २५, २०८२ आइतबार ७:५०, काठमाडौँ

बैतडीमा ‘इभी हाइस’ दुर्घटना हुँदा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ। 

दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र ०२–००१ज ०६२४ नम्बरको गाडी सिल्लेगडा–बडिया सडकखण्डको घोडेधारनजिक गएराति दुर्घटनामा परेको थियो।

दुर्घटनामा इभीका चालक दोगडाकेदार–५ का मदन ठगुन्ना गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले जानकारी दिए।

सो सवारीसाधनमा चालकमात्र सवार रहेका प्रहरीले जनाएको छ। 

 गाडी सडकबाट २५० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad