समाज


२०८३ सालको दसैँ असोजमा सुरु भएर कात्तिकमा सकिने, ८२ वर्षपछि अष्टमी २ दिन

२०८३ सालको दसैँ असोजमा सुरु भएर कात्तिकमा सकिने, ८२ वर्षपछि अष्टमी २ दिन

फाइल तस्बिर


नेपालखबर
माघ २५, २०८२ आइतबार ८:५६, काठमाडौँ

आगामी २०८३ सालको बडा दसैँमा अष्टमी दुई दिन परेको छ। 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको पात्रोअनुसार आगामी दसैँ असोज २५ बाट सुरु हुनेछ। अष्टमी दुईदिन परेकाले यस वर्षको दसैँ समग्रमा ११ दिनको हुने समितिले जनाएको छ। दसैँको अष्टमी कात्तिक १ र २ गते परेको छ। 

असोज २५ गते घटस्थापना र कातिक ४ गते विजया दशमी परेको छ।  यसवर्षको दसैँको टीका असोज १६ गते परेको थियो। असोज ६ गते घटस्थापना थियो। यस वर्षको दसैँ १९ दिनपछि धकेलिएको हो। 

यसअघि विंसं. २००० सालमा पनि दसैँको अष्टमी दुई दिन परेको थियो। 

समितिले माघ १५ गते नै पञ्चाङ्ग पात्रो तयार पारिसकेको जनाएको छ। आगामी वर्षको पात्रो फागुन २ गतेदेखि बिक्रिका बजारमा आउने समितिले जनाएको छ।  

२०८३ साल असोज ३१ गते फूलपाती, कातिक १ गते र २ गते महाअष्टमी, कालरात्री, गोरखकाली पुजा, नेवारी समुदायको कुछी भ्वयः र काति बिहु पर्व परेको छ। त्यसैगरि ३ गते महानवमी र ४ गते विजया दशमी परेको छ। 

आगामी वर्षको तिहार पनि यस वर्षभन्दा २० दिनपर सरेको छ। तिहार कात्तिक २१ गतेबाट सुरु हुनेछ। 

कात्तिक २१ गते काग तिहार, धन्वन्तरी जयन्ती, २२ गते कुकुर तिहार, लक्ष्मीपूजा, दीप मालिका, सुखराती, नरक चतुर्दशी, २३ गते गाई तिहार (औंशी), २४ गते गोबद्र्धन पूजा, म्हपूजा र २५ गते भाईटीका परेको छ। 

आगामी वर्षभरि नै चन्द्र र सूर्यग्रहण नहुने समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad