समाज


दुर्घटनास्थलमा मोटरसाइकलसँगै भेटियो २ शव, मृतकको पहिचान खुल्न बाँकी

दुर्घटनास्थलमा मोटरसाइकलसँगै भेटियो २ शव, मृतकको पहिचान खुल्न बाँकी

नेपालखबर
माघ २६, २०८२ सोमबार १०:४१, काठमाडौँ

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा गएराति मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय दाङकाका डीएसपी रेशम बोहोराका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ। 

लु.प्र ०२-००१ प ११०२ नम्बर को ‘पल्सर’ मोटसाइकल घोराही तुलसीपुर सडकखण्डको सेवार खोलामा गएराति दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। 

आज बिहान यात्रुले दुर्घटना स्थलमा दुईवटा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

‘शव पहिचानको प्रयास हुँदैछ,’ डीएसपी बोहोराले नेपालखबरसँग भने, ‘कतिपय मानिसहरु पहिचानको लागि यहाँ आउनु भएको छ। हामी केही बेरमा मृतकको डिटेल सार्वजनिक गर्नेछौँ।’

घटनाबारे आफूहरुलाई सोमबार बिहान साढे आठ बजेतिर खबर आएको उनले बताए। 

दुवै शव घटनास्थलबाट उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad