सुर्खेत र बागलुङमा दुई जनाको शव भेटिएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइलीमा डेरा गरी बस्ने एक वृद्धाको शव कोठा नजिकै फेला परेको प्रहरीले जनाएको छ।
उक्त शव दैलेखको भैरवी गाउँपालिका-१ घर भएकी ६१ वर्षीया पानसरा बिकको रहेको प्रहरीको भनाई छ।
कोठा नजिकै रहेको निर्माणाधीन घरको रिजर्ब पानी ट्याङ्कीमा आइतबार बिकको शव फेला परेको हो।
त्यसैगरि बागलुङको बडिगाड गाउँपालिका-६ ठुलाचौरमा पनि एक पुरुष मृत फेला परेका छन्।
बहिनीको घरमा बस्दै आएका निसिखोला गाउँपालिका-७ राजकुत घर भएका ५४ वर्षीय धन बहादुर कुँवर मृत भेटिएका हुन्।
बडिगाड गाउँपालिका-६ स्थित गोरेटो बाटोको खोल्सामा उनको शव भेटिएको प्रहरीले जनाएको छ।
159
Shares

प्रतिक्रिया