समाज


खोप विकास नभइन्जेल हामीले समान्यभन्दा भिन्न जीवनशैली अपनाउनुपर्छः डब्लूएचओ

खोप विकास नभइन्जेल हामीले समान्यभन्दा भिन्न जीवनशैली अपनाउनुपर्छः डब्लूएचओ

नेपालखबर
बैशाख २७, २०७७ शनिबार ७:९,

यसबीचमा विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको खोप विकान नभइन्जेल विश्वका मानिसले सामान्यभन्दा भिन्न जीवनशैली अपनाउनुपर्ने बताएको छ।

डब्लूएचओका स्वास्थ्य आपतकालिन कार्यक्रमका निर्देशक डाक्टर माइकल राएन भन्छन्,‘कोरोना प्रकोपबाट हामी उम्कन सक्छौं तर जबसम्म हामी प्रभावकारी खोप र उपचार पाउने विन्दुमा पुग्दैनौं तबसम्म हामी सधैं सतर्क रहनुपर्छ र हामीले हाम्रो जीवनशैलीमा महत्वपूर्ण परिवर्तन ल्याउनुपर्छ।’

राएनका अनुसार हामीले समान्यभन्दा भिन्न जीवनशैली अपनाउनुपर्छ। खोप नबनिन्जेल हामीले कोरोनाविरुद्ध अपनाएका उपायहरु नै अपनाउनु उपयुक्त हुने उनको भनाइ छ।

खोप र औषधि नबनिन्जेल सरसफाइमा ध्यान दिने, दोहोर्याउँदै हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, रुघाखोकी तथा निमोनिया भएका बिरामीको नजिक नजाने, व्यक्ति व्यक्तिबीचको दुरी कायम गर्ने, भीडभाडमा नबस्ने जस्ता उपाय अपनाए कोरोनाबाट बच्न सकिने विज्ञ बताउँछन्।

राएनका अनुसार धेरै भीडभाड हुने स्थानहरु कोरोनाको औषधि र खोप विकान नभइन्जेल कोरोना जोखिमका केन्द्र हुन्। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad