कला


अमेरिकन आइडलका प्रतिष्पर्धी दिवेशको समर्थनमा काठमाडौंमा प्रदर्शन

अमेरिकन आइडलका प्रतिष्पर्धी दिवेशको समर्थनमा काठमाडौंमा प्रदर्शन

नेपालखबर
बैशाख २७, २०७७ शनिबार ७:०,

अमेरिकन आइडलमा प्रतिष्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ।

यो सिजनको टप टेन भित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा ब्यानर प्रदर्शन गरिएको हो। गायक दिवेश पोखरेलकी ९३ वर्षीय हजुरआमा समेत ब्यानर प्रदर्शनमा आएकी थिइन्।

आफ्नो गायन प्रतिभाले अमेरिकी मात्र हैन विश्वभरिबाट अमेरिकन आइडल हेर्ने दर्शकको मन जितेका युवा गायक दिवेश पोखरेल भोलि आइतबार हुने टप सेभेनका लागि बलियो प्रतिस्पर्धी पनि बनेका छन्।

आज (शनिवार) बिहान दिवेश पोखरेलकी ९३ वर्षीय हजुरआमा सहित स्थानीयहरुले कलंकी मन्दिर परिसरमा ब्यानर प्रदर्शन गरेका छन्। स्थानीयहरुले गायक पोखरेको समर्थनमा भोटिङ अभियान समेत सुरु गरेका छन् समर्थन अभियानको अगुवाई गरेका गायक पोखरेलका छिमेकी बिक्की श्रेष्ठले नेपाली प्रतिभा अमेरिकन आइडल जस्तो विश्व चर्चित गायन प्लेटफर्म पुग्नु गौरवको विषय भएको बताए।

युवा गायक पोखरेलको समर्थनमा भोटिङ गरेर सबै नेपालीलाई सहयोग गर्न आग्रह पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad