समाज


जिपले अटोलाई ठक्कर दिँदा बालिकाको मृत्यु, पाँच जना घाइते

जिपले अटोलाई ठक्कर दिँदा बालिकाको मृत्यु, पाँच जना घाइते

नेपालखबर
माघ २७, २०८२ मंगलबार १७:५६, काठमाडौँ

कैलालीको धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित सडकमा जिप र अटोरिक्सा आपसमा ठक्कर खाँदा एक बालिकाको ज्यान गएको छ।

सुपप्र ०१–००१ च ३१२३ नम्बरको जिप र सुपप्र ०१–००१ ह ७३९५ नम्बरको अटो एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार धनगढी उपमहानगरपलिका–२ बस्ने ९ वर्षीया सम्रिद्धी चौधरीको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको नवजीवन अस्पतालमा धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै, दुर्घटनामा घाइते भएका अटो चालक र अटोमा सवार अन्य २ जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा र २ जनाको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। 

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad