समाज


पत्रकार महासंघ ललितपुर ३४औँ वर्षमा प्रवेश

पत्रकार महासंघ ललितपुर ३४औँ वर्षमा प्रवेश

नेपालखबर
फागुन १, २०८२ शुक्रबार १४:३६, काठमाडौँ

नेपाल पत्रकार महासंघ, ललितपुर शाखा आजदेखि ३४औँ वर्षमा प्रवेश गरेको छ। 

स्थापना दिवसका अवसरमा शाखाका अध्यक्ष रामहरि कार्कीले शुभकामना सन्देश जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, सदस्य, पूर्वअध्यक्ष, सल्लाहकार तथा शुभेच्छुकहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

अध्यक्ष कार्कीले शाखालाई स्थापना कालदेखि हालसम्मको अवस्थामा पु¥याउन योगदान गर्ने अग्रजहरूको उच्च सम्मान गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा सरिक भई प्रेस स्वतन्त्रताको लडाइँका क्रममा सहादत प्राप्त गरेका पत्रकारहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै उनले आन्दोलनका क्रममा बेपत्ता तथा घाइते भएका पत्रकारहरूको स्मरण गरेका छन्।

महासंघले स्थापनाकालदेखि नै श्रमजीवी पत्रकारको हकहित, स्वतन्त्र पत्रकारिताको संस्थागत विकास, राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए। प्रतिकूल परिस्थितिमा पनि अग्रजहरूले देखाएको मार्गबाट विचलित नभई महासंघको उद्देश्य प्राप्तिमा सशक्त रूपमा पनि उनले आग्रह गरेका छन्। 

अध्यक्ष कार्कीले महासंघ मुलुकमा संघीयताको अभ्यास गर्ने पहिलो लोकतान्त्रिक संस्था भए पनि तीनै तहका सरकारले आवश्यक ध्यान नदिँदा सञ्चार क्षेत्रले संघीयताको अनुभूति हुन नसकेको पनि बताएका छन्। 

संविधान जारी भई दुई आवधिक निर्वाचन सम्पन्न भइसके पनि मिडिया सम्बन्धी कानुन तीनै तहमा निर्माण हुन नसक्नु दुःखद् रहेको कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्रेसमैत्री कानुन निर्माणका लागि निरन्तर खबरदारी र दबाब आवश्यक रहेकोमा उनले जोड दिएका छन्। 

कोभिड–१९ पछिको आर्थिक सङ्कटले पत्रकारिता क्षेत्र गम्भीर रूपमा प्रभावित भएको उल्लेख गर्दै कार्कीले धेरै सञ्चारमाध्यम बन्द हुँदा धेरै सञ्चारकर्मीले रोजगारी गुमाउनु परेको स्मरण गर्दै उनले परम्परागत मिडियामा विज्ञापन बजार खुम्चिएको र डिजिटल प्लेटफर्मतर्फ रुपान्तरण भए पनि स्थानीय र प्रदेश सरकार अझै प्रेसमैत्री बन्न नसकेको बताएका छन्। 

आमसञ्चार माध्यममार्फत प्रवाह गर्नुपर्ने सूचना विज्ञापन कार्यालय र सामाजिक सञ्जालमा सीमित गरिँदा सञ्चारमाध्यम आर्थिक रूपमा कमजोर बनेको उनको भनाई छ। 

पत्रकारहरूले नियमित पारिश्रमिकका लागि आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुनु चिन्ताजनक रहेको भन्दै उनले श्रमजीवी पत्रकारको पेशागत अधिकार सुनिश्चित गर्दै सञ्चार संस्थाको सवलीकरणका लागि रणनीतिक योजना आवश्यक रहेकोमा पनि जोड दिएका छन्। यी समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारको अभिभावकीय भूमिका अपरिहार्य रहेको उनको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad