आज शनिबार, २ फागुन २०८२ (१४ फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।
भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन गराई कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
वृष: स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ अतः सजग रहनु उचित हुने देखिन्छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ। साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ।
भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिई कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
मिथुन: शुभकार्यको चर्चा चल्नेछ। सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ। स्वास्थ्यमा सुधार आउला। धैर्य नै सफलता हो भन्ने मन्त्रलाई आत्मसात् गर्नुहोला।
भाग्यशाली रङ हरियो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
कर्कट: ठिक समयमा सही निर्णय लिन सकिनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रमणीय र सुखद यात्राको योग छ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। मनको शान्ति नै साँचो सफलता हो भन्ने बुझ्नु पर्छ।
भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
सिंह: घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन्। मनपर्ने व्यक्तिले दिल खोलेर सहयोग गर्ने छन्। अचल सम्पत्ति हात पर्ला। कलकारखाना र बन्दव्यापारबाट फाइदा हुनेछ। गरेको कार्यमा सफलता मिल्नेछ।
भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कन्या: समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। समस्या समाधानका लागि चालिएका कदम निरर्थक होलान्। यात्रामा सावधानी अपनाउनु पर्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु होला।साँझमा धनलाभ हुन सक्छ।
भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिई कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
तुला: धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। जोखिम होइन, रणनीति रोज्नु बुद्धिमानी हुनेछ।
भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
वृश्चिक: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। इच्छा-आकाङ्क्षा पूर्ण हुने छन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। ठिक समयमा सही निर्णय लिन सकिनेछ र आम्दानी बढ्नेछ। व्यवसायका लागि यात्राको सम्भावना छ।
भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
धनु: विनाप्रतिस्पर्धा फाइदा हुने योग छ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। मनोरञ्जनमा सहभागी भइएला। कतै भ्रमणको योजना बन्नेछ।
भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
मकर: आँटेको काममा ढिलासुस्ती हुन सक्छ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ। तीर्थाटनको योग छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिई कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
कुम्भ: परिवारजनको साथले नयाँ आशा पलाउनेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ। साँझमा मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला। परिवारभित्र मायामा कमी आउन सक्छ।
भाग्यशाली रङ गुलाबी र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
मीन: कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइनेछ। फरक सोचले नै भिन्न सफलता मिल्नेछ भन्ने मनन गर्नुहोला।
भाग्यशाली रङ पहेँलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
Shares

प्रतिक्रिया