लतिलपुरको मानभवनमा नेसनल चेष्ट सेन्टर सञ्चालनमा आएको छ।
शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सेन्टरको शुभारम्भ गरिएको हो।
श्वासप्रश्वासका बिरामीलाई एउटै छानामुनी सम्पूर्ण उपचार सेवा प्रदान गर्ने उद्देश्यले सेन्टर सञ्चालनमा ल्याइएको जनाइएको छ।
सेन्टरमा फोक्सोको कार्यक्षमता परीक्षण, डिजिटल एक्स रे तथा आवश्यक इमेजिङ सुविधा, एलर्जी तथा दमको परीक्षण, सीओपी, दम, क्षयरोग तथा अन्य दीर्घकालीन श्वासप्रश्वास रोगको उपचार, धुम्रपान त्याग परामर्श सेवा उपलब्ध रहेका छन्।
विशेषज्ञ परामर्शसहित नियमित फलोअप, अत्याधुनिकस्तरको प्रयोगशाला सुविधा तथा विरामीलाई सहज रुपमा औषधि उपलब्ध गराउन आफ्नै फार्मेसी समेत रहेको सेन्टरले जनाएको छ।
सेन्टरले काठमाडौं उपत्यकाको मात्रै नभई देशभरबाट आउने बिरामीहरुलाई सेवा दिने लक्ष्य राखेको छ। सुर्तीजन्य पदार्थको सेवन, वायु प्रदुषणको कारण धेरै मानिसहरुमा श्वासप्रश्वासको समस्या देखिने गरेको छ।
पछिल्लो समय कोभिड १९ को संक्रमण भएका बिरामीहरुमा पनि स्वासप्रश्वासको समस्या देखिन थालेको सेन्टरले जनाएको छ।
Shares

प्रतिक्रिया