समाज


टिपरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

नेपालखबर
फागुन ३, २०८२ आइतबार ७:३३, काठमाडौँ

पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। 

तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो। 

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु४९प ७७९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको लु२ख १८८३ नम्बरको टिपरले शनिबार साँझ ठक्कर दिएको हो। 

दुर्घटनमा मोटसाइकल चालक गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाटका ३१ वर्षीय मिलन सार्की र पछाडि सवार परिचय नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए। 

दुर्घटनामा घाइते भएका दुवैलाई प्रहरी चौकी दोभानको टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो। उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। 

दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad