समाज


४ फागुन: वृषको दिन शुभ रहने, मिथुन पारिवारिक झमेलामा फस्ने, तपाईँको दिन कस्तो?

४ फागुन: वृषको दिन शुभ रहने, मिथुन पारिवारिक झमेलामा फस्ने, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
फागुन ४, २०८२ सोमबार ४:४०, काठमाडौँ

आज सोमबार, ४ फागुन २०८२ (१६ फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: विद्या र बुद्धिको विकास हुनेछ। पारिवारिक भेटघाटमा रमाइलो समय बित्नेछ। विश्वासपात्र वा आफन्तले काममा साथ दिनेछन्। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। सेयर बजारबाट राम्रै सफलता पाइए पनि उमंगमा केही कमी देखिनसक्छ।

भाग्यशाली रङ हरियो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७९ र सम्पूर्ण भाग्यांक ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष: शुभ समाचार सुन्न पाइनेछ। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। नयाँ वस्त्र वा अलंकार प्राप्त हुने योग छ। साँझतिर नजिकका व्यक्तिसँग सामान्य मनमुटाव हुनसक्छ।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मिथुन: घरपरिवारमा झै झमेलाको अवस्था आउनसक्छ। स्वास्थ्यमा सामान्य गडबडीले कामकाजमा असर पार्न सक्छ। भनिएको कुरा गलत अर्थ लाग्नसक्छ। ठूला बडाको आशीर्वादले रोकिएका काम बन्ने सम्भावना छ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कर्कट: बुद्धिको उपयोगले जटिल ठानिएको कामसमेत सम्पन्न हुनेछ। नजिकका व्यक्तिको सहयोग प्राप्त हुनेछ। प्रेमी वा जीवनसाथीको साथले उत्साह बढ्नेछ। व्यापार व्यवसायबाट आम्दानी बढ्ने योग छ।

भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रजसँग सुझाव लिने। दक्षिण दिशातर्फ यात्रा नगर्ने।

सिंह: अरूको विश्वास सजिलै जित्न सकिनेछ। व्यापारिक तथा दैनिक काम सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। विशिष्ट व्यक्तिसँग भेटघाटले मन प्रसन्न हुनेछ। प्रेम र मित्रताको सम्बन्ध कसिनेछ।

भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्यांक ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या: मित्रहरूको सहयोग प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। समाजसेवामा मन लाग्नेछ। प्रेम र प्रणय प्रसङ्गका लागि समय अनुकूल छ।

भाग्यशाली रङ आकाशे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७९, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

तुला: परिवारमा झैझमेलाको अवस्था आउन सक्छ। भावुकतामा निर्णय नगर्नु राम्रो हुनेछ। साँझतिर भने अरूलाई प्रभावित पारेर काम सफल पार्न सकिनेछ।

भाग्यशाली रङ घ्यू र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३७, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्यांक ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

वृश्चिक: लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। जीवनसाथीसँग रमाइलो समय बित्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। साँझमा केही तनाव महसुस हुन सक्छ।

भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ व सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: समाजसेवा र धर्मप्रति आस्था बढ्नेछ। आकस्मिक धनलाभको योग छ। अरूको भलाइका लागि दौडधुप गर्नुपर्नेछ।

भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर: आकांक्षा पूरा हुनेछन्। नयाँ वस्त्र वा अलंकार प्राप्त हुनेछ। आत्मविश्वास र पराक्रम बढ्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ: लाभहानी बराबरी रहनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्नेछ। व्यर्थको सास्ती खेप्नुपर्ला। परिवारलाई समय दिन कठिन हुन सक्छ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ६० व शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ३८ र सम्पूर्ण भाग्यांक ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मीन: व्यापार व्यवसायमा लाभ मिल्नेछ। रमाइला यात्राको अवसर मिल्नेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। आकर्षक पहिरनले व्यक्तित्व चम्किनेछ।

भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६३ र सम्पूर्ण भाग्यांक ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad