घरायसी विवादमा पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका-९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालका अनुसार राति ९ः४५ बजेको समयमा घटना भएको हो। हत्या गर्ने कृष्णप्रसादलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको छ।
परीक्षणका लागि शवलाई भरतपुर अस्पताल ल्याइएको छ। अघिकारीका दुई पत्नी छन्। हत्या गरिएकी मञ्जु कान्छी हुन्। घटनाको अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए।

प्रतिक्रिया