समाज


राशिफल ५ फागुन : मेषको मनमा शान्ति छाउने, मिथुन खुलदुलीमा पर्ने, तपाईँको के?

राशिफल ५ फागुन : मेषको मनमा शान्ति छाउने, मिथुन खुलदुलीमा पर्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
फागुन ५, २०८२ मंगलबार ४:३९, काठमाडौँ

आज मङ्‌गलबार, ५ फागुन २०८२ (१७ फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ। छोटो दूरीको लाभदायक यात्रा होला। मान प्रतिष्ठामा वृद्धि हुनेछ। शुभ समाचार सुन्न पाइएला। व्यापार व्यवसायबाट आम्दानी हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ५०, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ४७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृष: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। लामो समयदेखि रोकिएका काम विस्तारै अघि बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। तामसिक भोजन नगर्ने।

मिथुन: निर्णय गर्दा धैर्य र सूक्ष्मता अपनाउनुहोस्, आफ्नो विचार विपरीत कार्य हुन सक्छ। गरेको काममा ढिलासुस्ती पनि हुन सक्छ। यात्रामा मालसामान हराउन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मनमा खुलदुली, चिन्ता र चञ्चलता बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ५०, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट: हाँसखेल र मनोरञ्जनपूर्ण समय रहनेछ। रमणीय र सुखद यात्राको योग छ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। घरपरिवारमा धार्मिक कृत्यको योग छ। सपना देख्ने आँखा कमजोर हुँदैनन् भन्ने कुरालाई मनन गर्नुहोला।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। उत्तर दिशा नजाने।

सिंह: धार्मिक र सांस्कृतिक सभा-समारोहमा सरिक हुने सम्भावना छ। गरेको कार्यमा सफलता मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। भौतिक साधन जुटाउने समय छ। विपरीत पक्षको कुरा सुनिसकेर मात्र निर्णय लिनु राम्रो हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या: कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। सेयर बजारमा लगानीको अवसर मिल्नेछ। सुखद यात्राको अवसर प्राप्त हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला: यात्रामा बाधा आउन सक्छ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला। मान्यजनको आशीर्वादले कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४२, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक: लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। शब्दले मात्र होइन, विचारले पनि सशक्त बन्नुहोला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

धनु: स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध कसिलो हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। अरूलाई नहेप्ने।

मकर: धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। धार्मिक र सांस्कृतिक कार्यमा रुचि बढ्नेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ७६ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ: झुटा आरोप लाग्न सक्छ, सजग रहनुहोला। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। साँझमा आफन्तको साथ र सहयोग मिल्नेछ। दृढ निश्चय नै जितको पहिलो पाइला हो भन्ने बुझ्नु पर्छ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४०, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ३७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

मीन: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। धैर्यका साथ मिहिनेत गरेमा कार्यसिद्धि हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। दाम्पत्य र प्रेम जीवन सुखमय नै हुनेछ।

भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad