संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा युनाइटेड नेसन अर्गनाइजेसन स्ट्याबिलाइजेसन मिसन इन द रिपब्लिक कंगो (मोनुस्को) मा कार्यरत नेपाली शान्ति सैनिककाे अदलीबदली भएको छ।
त्यहाँ कार्यरत श्री चण्डीदल गण (शान्ति सेना) ३१औँ डफ्फालाई बदली गर्नको लागि श्री रुद्रध्वज गण (शान्ति सेना) ३२औँ डफ्फाका २३८ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली फागुन ४ गते मिसन इलाकातर्फ प्रस्थान गरेको छ।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २३६ जना नेपाली शान्ति सैनिकहरू हिजै स्वदेश फिर्ता भएका छन्।
63
Shares

प्रतिक्रिया