सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो।
यस दिन ८ अर्ब ३६ करोडको कारोबार भएको छ। २ करोड कित्ता किनबेचमा यो परिमाणको कारोबार भएको हो।
मंगलबार ४२ वटा सेयरको मात्र मूल्य बढेको छ। आज सबैभन्दा बढी सालपा विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सको पनि ९.६४ प्रतिशतले बढेको छ।
यसबाहेक बुद्धभूमि नेपाल हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, आरम्भ चौतारी लघुवित्त पनि क्रमशः ८.३९, ६.३१ र ५.९५ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।
तर सुपर माई हाइड्रोपावरको भने १० प्रतिशतले घटेको छ। सिटिजन सन्तुलित योजना, अपर स्यांगे हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक पनि क्रमशः ८.३०, ७.०१ र ६.७१ प्रतिशतले घटेको छ।
सर्वाधिक कारोबार भने रिडी पावर कम्पनीको भएको छ। कम्पनीको ५३ करोडको किनबेच हुँदा आखु खोला जलविद्युत् ४४ करोड, ङादी ग्रुप पावर ३१ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया