मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अनुमति दिएको छ।
भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ परेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई जिल्ला प्रहरी परिसर, काठमाडौँले आज प्रशासनमा उपस्थित गराएको थियो।
निर्वाचनसम्बन्धी अफवाह फैलाएर शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसूरमा पक्राउ गरिएको हो। सोही कसुरमा अनुसन्धानका लागि म्याद थप भएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
प्रसाईं फागुन २१ मा निर्वाचन हुँदैन भन्दै हिँडेका थिए। यसअघि पनि उनी विभिन्न कसुरमा पटकपटक पक्राउ परेका थिए।
केही दिनअघि वीरगञ्ज जान लागेका वेला दक्षिणकालीबाट पक्राउ परेका थिए। दुई दिन हिरासतमा बसेपछि माघ २५ गते हाजिरी जमानीमा छुटेका थिए।
Shares

प्रतिक्रिया