बनेपामा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालकको सनाखत हनु बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
अरनिको राजमार्गमा पर्ने बनेपाको दूरसञ्चार नजिकै बागमती प्रदेश ०१-००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनापछि स्थानीयले घटनास्थलमा प्रदर्शन गरेका छन्। स्थानीयको विरोधको कारण सो क्षेत्र तनावग्रस्त बनेको छ।
अहिले अरनिको राजमार्गमा सवारी आगमन अवरुद्ध छ।
348
Shares

प्रतिक्रिया