समाज


जेसीबीले लडाएको ढुंगाले लागेर ७१ वर्षीय वृद्धको मृत्यु

जेसीबीले लडाएको ढुंगाले लागेर ७१ वर्षीय वृद्धको मृत्यु

फाइल तस्बिर


नेपालखबर
फागुन ८, २०८२ शुक्रबार ७:५७, खोटाङ

खोटाङमा जेसिबीले माथिबाट लडाएको ढुङ्गाले लागेर एक वृद्धको मृत्यु भएको छ। 

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित धाराखोलाका ७१ वर्षीय बलबहादुर राईको ढुंगाले लागेर मृत्यु भएको छ। 

सोही नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारस्थित दाल्फुको भित्री सडक निर्माणका लागि लगिएको ना.१ क ७३४७ नम्बरको जेबिसीले माथिबाट लडाएको ढुङ्गाले राईको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो। 

घटना भएको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले जेसिबी र चालक उदयपुरको ताप्ली गाउँपालिका–२ लेखगाउँ निवासी २६ वर्षीय केवल मगरलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए। 

राईको शव घटनास्थलको सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad